अछाम जिल्लाको चौरपाटी गाउँपालिका-१ मा गाउँघर क्लिनिक भवन, विद्यालयको खानेपानी धारा तथा महिनावारीमैत्री शौचालय हस्तान्तरण तथा समुद्घाटन गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र चौरपाटी गाउँपालिकाको समन्वयमा मालिका विकास संघ नेपालमार्फत सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत किमरुखमा नव–निर्मित गाउँघर क्लिनिक भवन तथा सिउँडी माध्यमिक विद्यालयमा खानेपानी धारा र महिनावारीमैत्री शौचालय निर्माण गरिएको हो ।
धारा र शौचालयको चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउँदले उद्घाटन गरेका हुन् । सिउँडी माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी धारा गाउँपालिकाको ३८ हजार ५२४ रुपैयाँ, परियोजनाको ९९ हजार ५४६ रुपैयाँ, समुदायको जनश्रमदान १० हजार ९२२ रुपैयाँ र विद्यालयको १५ हजार ०८२ रुपैयाँ गरी जम्मा १ लाख ६४ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हाे ।
थप समाचार : चौरपाटीमा गाउँघर क्लिनिक, खानेपानी धारा र महिनावारीमैत्री शौचालय हस्तान्तरण | Online Nepal











